राजनीति


प्रधानमन्त्री शाह र एडीबीका अध्यक्ष कान्दाबीच तीन विषयमा छलफल

प्रधानमन्त्री शाह र एडीबीका अध्यक्ष कान्दाबीच तीन विषयमा छलफल

नेपालखबर
असार २३, २०८३ मंगलबार १२:१४, काठमाडौँ

प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल भ्रमणमा रहेका एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्दासँग भेटवार्ता गरेका छन्। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा प्रधानमन्त्री शाह र अध्यक्ष कान्दाबीच नेपालमा सुशासन प्रवर्द्धन, आर्थिक सुधार र पूर्वाधार विकास गरी तीन वटा विषयमा केन्द्रित भएर छलफल भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिएकी छन्। 

प्रधानमन्त्री शाहले पहिलो पटक विदेशी प्रतिनिधिलाई एक्लाएक्लै भेटेका हुन्। यसअघि विदेशी प्रतिनिधिसँग प्रधानमन्त्री शाहले सिंहदरबारमा यसरी एक्लै भेटेका थिएनन्।

एडीबीका अध्यक्ष कान्दाले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेटवार्ता गरेका थिए। वाग्लेसँग भेटेपछि नेपाल र एडीबीबीच करिब २५ अर्ब रुपैयाँ (१६ करोड ५० लाख अमेरिकी डलर) बराबरको सहुलीयतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको थियो। 

त्यसमध्ये ११ करोड ५० लाख अमेरिकी डलर एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका लागि खर्च गरिनेछ। त्यस्तै, पाँच करोड अमेरिकी डलर दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) अन्तर्गत भन्सार तथा आपूर्ति व्यवस्थापन सुधार कार्यक्रमका लागि परिचालन गरिने अर्थ मन्त्रालयले जनाएको छ।

ऋण परिचालन हुने पहिलो आयोजनामार्फत स्थानीय तहमा एकीकृत खानेपानी तथा ढल व्यवस्थापन पूर्वाधारको विकास गरिनेछ। 

त्यसैगरी, दोस्रो कार्यक्रमअन्तर्गत भन्सार प्रणालीलाई डिजिटल प्रविधिमार्फत आधुनिकीकरण गर्ने, जोखिममा आधारित निरीक्षण प्रणाली लागू गर्ने तथा लजिस्टिक सेवा सुधार गर्ने लक्ष्य राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad