प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ।
बुधबार प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले सभामुखले कान सुन्नुहुन्छ कि हुन्न भनेर प्रश्न गरेका थिए। त्यसमा आपत्ति जनाउँदै सभामुख डोलप्रसाद अर्यालले राईलाई बोल्न रोक लगाएका थिए।
त्यसपछि सभामुख अर्यालले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद परशुराम तामाङलाई बोल्ने समय दिएका थिए। सांसद तामाङले बोलेनन्।
त्यसपछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद टिका संग्रौलाले सभामुखमाथि अपमान हुने गरी सांसद राईले अभिव्यक्ति दिइएको भन्दै नियमापत्ति जनाइन्।
त्यसपछि सभामुखले आफ्नो अभिव्यक्तिका लागि माफी माग्ने शर्तसहित एमाले सांसद राईलाई बोल्नका लागि समय दिएका थिए। तर सांसद राईले आफनो कुरा नै नसुनी सभामुखले गलत व्यवहार गरेको र यसबाट सभामुख अर्यालले पाँच वर्षसम्म संसद चलाउने ढाँचा नल्याउको भनि फेरि आलोचना गरेका थिए।
उनको अभिव्यक्तिपछि तत्काल सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।
Shares

प्रतिक्रिया