प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गराएका छन्।
स्वास्थ्यकर्मीका अनुसार, प्रधानमन्त्री शाह स्वास्थ्य परीक्षणका लागि सोमबार महाराजगञ्ज पुगेका थिए। उनले हातको एमआरआई गराएका छन्।
अस्पताल स्रोतका अनुसार, प्रधानमन्त्री शाहको हातमा समस्या देखिएको छ। केही समयदेखि उनको हातमा समस्या आएको जनाइएको छ। त्यसैले एमआरआई गराएका हुन्।
प्रधानमन्त्री शाहले गरेको परीक्षणका विषयमा बाहिर जानकारी नदिन अस्पताललाई निर्देशन दिइएको छ। जसले गर्दा अस्पतालले प्रशासनले यस विषयमा बोल्न मानेन।
534
Shares

प्रतिक्रिया