ad ad

राजनीति


महाकालीले कटान गरेको 'भाइरल रोड' अनुगमनमा पुगे प्रधानमन्त्री

महाकालीले कटान गरेको 'भाइरल रोड' अनुगमनमा पुगे प्रधानमन्त्री

नेपालखबर
कात्तिक ५, २०७८ शुक्रबार १२:३५, काठमाडौँ

सुदूरपश्चिमस्थित बाढीपहिरो र डुबान क्षेत्रको अनुगमनमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा फेरि कञ्चनपुर पुगेका छन्। 

कैलाली सदरमुकाम धनगढीबाट शुक्रबार कञ्चनपुर सदरमुकाम महेन्द्रनगर पुगेर देउवा अनुगमनमा निस्किएका हुन्। 

यसअघि प्रधानमन्त्री देउवा बिहीबार बेलुकी कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका पुगेर धनगढी फर्किएका थिए।  

महेन्द्रनगर पुगेर उनले महाकाली नदीमा निर्माणाधीन पक्की पुल जोड्ने सम्पर्क सडक 'भाइरल रोड' कटानको निरीक्षण गरेका छन्।

निरीक्षणका क्रममा भीमदत्त नगरपालिका-१२ का अध्यक्ष कृष्ण देउवा र १३ का अध्यक्ष लालबहादुर शाहीले प्रधानमन्त्री देउवालाई तटीय क्षेत्रको समस्या र ६ लेन सडक कटानबारे ‘ब्रिफिङ’ गरेका छन्।

अध्यक्षद्वय अध्यक्षले ५० मिटर लामो ६ लेन सडक कटानी हुनुमा ठेकेदार कम्पनीको लापरवाही र डिजाइनमा भएको गडबडीबारे सरकारले छानबिन गर्नुपर्ने माग गरेका थिए। तर, प्रधानमन्त्री देउवाले त्यसबारे केही बोलेनन्।

उनले काठमाडौं फर्केपछि राहत प्याकेजको व्यवस्था गर्ने दोहोर्‍याए । भाइरल रोडमा प्रधानमन्त्रीले दुई मिनेट आश्वासन मन्तव्य राखेका थिए। 

प्रधानमन्त्री देउवासँग अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद र रमेश लेखक सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .