ad ad

राजनीति


बाढीपहिरोबाट भएका क्षति बुझ्न प्रधानमन्त्री देउवा बिहानै प्रदेश १ मा

बाढीपहिरोबाट भएका क्षति बुझ्न प्रधानमन्त्री देउवा बिहानै प्रदेश १ मा

बाढी पहिरोबाट प्रदेश १ मा भएका क्षतिबारे जानकारी लिने क्रममा आइतबार बिहान सुनसरी क्षेत्रमा प्रधानमन्त्री शेरबहादुर देउवालगायत।


कृष्ण बहाब
कात्तिक ७, २०७८ आइतबार ९:५४, काठमाडौँ

बेमौसमी वर्षापछि आएको बाढी पहिरोका कारण भएका क्षति अवलोकनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आज आइतबार बिहानै प्रदेश १ मा आइपुगेका छन्।

 

सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की र ऊर्जामन्त्री पम्फा भुसालसहित प्रधानमन्त्री देउवाको टोलीकाे टाेली आज बिहा​न ८ बजे हवाईजहाजमार्फत काठमाडाैँबाट प्रदेश १ आइपुगेकाे हाे। साथमा स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ पनि छन्।

शसस्त्र प्रहरी बल प्रदेश कार्यालय (पकली) प्रधानमन्त्री देउवाले प्रदेश १ मा बाढीपहिराेका कारण भएको क्षतिको जानकारी लिने कार्यक्रम छ।

प्रधानमन्त्रीकाे टाेली अहिले सुनसरीमा छ। 

मनसुन बाहिरिइसकेपछि पनि केही दिनअघि भएको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी प्रदेश १ मात्रै ७२ जनाको मृत्यु भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .