राजनीति


एकीकृत समाजवादी कञ्चनपुरको अध्यक्षमा थापा

एकीकृत समाजवादी कञ्चनपुरको अध्यक्षमा थापा

गोकुल जोशी
कात्तिक ११, २०७८ बिहिबार १६:५६, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) कञ्चनपुरको अध्यक्षमा जीवनराज थापा चयन भएका छन्। तत्कालीन नेकपा (एमाले) कञ्चनपुरका उपाध्यक्ष थापाको नेतृत्वमा जिल्ला कमिटी गठन गरिएको छ।  

एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश कमिटीको बुधबार बसेको बैठकले थापाको नेतृत्वमा ७ सदस्यीय पदाधिकारी बनाउने निर्णय गरेको नेता तारा लामा तामाङले बताए। थापा पुनर्वास नगरपालिकाका नगर प्रमुख पनि हुन्।

यसअघि एमाले विभाजन हुँदा कञ्चनपुरका तत्कालीन अध्यक्ष तारा लामा तामाङलाई नै एकीकृत समाजवादीको अध्यक्षको जिम्मेवारी दिइएको थियो। उनी अहिले प्रदेश कमिटीका लागि सिफारिस भएका छन्।

‘यो कमिटीलाई अर्को भेला अथवा अधिवेशन गरेर छिटो भन्दा छिटो नयाँ नेतृत्व चयन गर्न म्यान्डेट दिएका छौँ’ विस्तारित बैठकलाई सम्बोधन गर्दै नेता तामाङले भने, ‘साविकको जिल्ला कमिटीका साथीहरु प्रदेशका लागि सिफारिस हुनु भएको छ।’

थापा नेतृत्वको एकीकृत समाजवादी कञ्चनपुर जिल्ला कमिटीको उपाध्यक्षमा रविन्द्र कुँवर र महिला उपाध्यक्षमा पूर्णा गुरुङ चयन भएका छन्। यस्तै, सचिवमा हर्क सिंह धामी, उप–सचिवमा आरपी सार्की, लाल बहादुर शाही र राजेन्द्र पाण्डेय छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad