राजनीति


पाँच दलीय गठबन्धन फुट्दैन, निर्वाचनसम्म जान्छ : कार्यवाहक प्रधानमन्त्री खाण

पाँच दलीय गठबन्धन फुट्दैन, निर्वाचनसम्म जान्छ : कार्यवाहक प्रधानमन्त्री खाण

फाइल तस्बिर


नेपालखबर
कात्तिक १४, २०७८ आइतबार १५:२१, काठमाडौँ

कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँणले सत्तापक्षीय पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म जाने बताएका छन्। 

आइतवार गृहजिल्ला रुपन्देहीमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन्।

अहिलेको गठबन्धनकै प्रयासमा संविधानको रक्षा भएकाले यसलाई निरन्तरता दिइने खाणले बताए। 

संविधानको रक्षा, जनताको चाहना र विश्वासलाई अझ मजबुत बनाउन आगामी निर्वाचनसम्म पाँच दलीय गठबन्धन कायम रहने बताएका हुन्। 

पछिल्लो समय पाँच दलीय गठबन्धन फुट्ने चर्चा चलिरहेको छ।

अर्कातिर निर्वाचनमा कसैसँग गठबन्धन नगर्ने कांग्रेस नेताहरुको भनाई आइरहेको बेला गृहमन्त्री खाणले गठबन्धन मिलेर चुनाव लड्ने बताएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .