राजनीति


उपनिर्वाचन सुरक्षा तयारीः गृहमन्त्रीले गरे चारवटै सुरक्षा निकायसँग छलफल

उपनिर्वाचन सुरक्षा तयारीः गृहमन्त्रीले गरे चारवटै सुरक्षा निकायसँग छलफल

नेपालखबर
कात्तिक १५, २०७६ शुक्रबार ८:२६,

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको सुरक्षा तयारीबारे शुक्रबार गृह मन्त्रालयमा छलफल भएको छ।

बैठकमा गृहमन्त्री रामबहादुर थापा (बादल), गृहसचिव प्रेमकुमार राई, नेपाल प्रहरीका तर्फबाट महानिरीक्षक सर्वेन्द्र खनाल र अतिरिक्त महानिरीक्षक पुष्कर कार्की, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, नेपाली सेनाका रथी गौरव तण्डुललगायत सहभागी थिए।

बैठकमा उपनिर्वाचनका लागि तयार पारिएको केन्द्रीय सुरक्षा कार्ययोजना प्रस्तुतीकरण गरिएको थियो। कार्ययोजनामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीको एकीकृत परिचालनको खाका तयार पारिएको छ।

बैठकमा गृहमन्त्री थापाले सुरक्षा कार्ययोजना राम्रो बनेको भन्दै सुरक्षा संवेदनशीलता र विगतका निर्वाचनका अनुभवका आधारमा आवश्यकताअनुसार कार्ययोजनालाई थप परिष्कृत गर्दै लैजान निर्देशन दिए।

उनले निर्वाचनलाई स्वच्छ, स्वस्थ, शान्तिपूर्ण र भयरहित वातावरणमा सञ्चालन गर्न आवश्यक सबै तयारी गर्न समेत सुरक्षा निकायलाई निर्देशन दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad