राजनीति


माओवादी केन्द्रले तोक्यो प्रदेश २ मा आठ जिल्ला संयोजक, दुई जिल्लाका सहइन्चार्ज

माओवादी केन्द्रले तोक्यो प्रदेश २ मा आठ जिल्ला संयोजक, दुई जिल्लाका सहइन्चार्ज

शैलेन्द्र महतो
कात्तिक २१, २०७८ आइतबार १६:४२, काठमाडौँ

नेकपा माओवादी केन्द्रले प्रदेश २ को आठ जिल्लामा पार्टी समन्वय समिति संयोजक चयन गरेको छ। 

माओवादी केन्द्र प्रदेश २ समितिको पदाधिकारी बैठकले प्रदेशमा रहेका आठवटै जिल्लाको संयोजक र दुई जिल्लाको सह इन्चार्ज तोकेको हो। 

नेकपा हुँदा एमालेले प्रदेश २ का आठवटै जिल्लामा जिल्ला संयोजक लिएको थियो भने माओवादी केन्द्रले इन्चार्ज लिएको थियो। 

पार्टी विघटन भएर पूर्ववत् अवस्थामा फर्किएपछि रिक्त संयोजक पदमा पार्टीका जिल्ला सचिवहरूलाई चयन गरिएको प्रदेश कमिटीका सचिव एवम् धनुषा जिल्ला इन्चार्ज योगकुमार बरबरियाले जानकारी दिए। 

उनका अनुसार जनकपुर स्थित पार्टी कार्यालयमा बसेको प्रदेश कमिटीको पदाधिकारी बैठकले धनुषाको संयोजकमा दीपक यादव, सिरहाकाे संयोजकमा रामकुमार यादव, सप्तरीको संयोजकमा उमेश कुमार यादव, महोत्तरीको संयोजकमा तुलसी ढुंगाना, सर्लाहीको संयोजकमा कमल बुढाथोकी, रौतहटको संयोजकमा देवेन्द्र पटेल, बाराको संयोजकमा अनिल श्रेष्ठ र पर्साको संयोजकमा रामदरेश कुशवाहलाई चयन गरेकाे हाे।

पर्साका पार्टी सचिव इन्चार्ज रहेकाले जिल्ला नेतृत्वसँग समन्वय गरेर पूर्व पदाधिकारी कुशवाहालाई संयोजक चयन गरिएको उनले बताए। 

बैठकले धनुषा जिल्लाको सहइन्चार्जमा झल्कु यादवलाई तोकेको छ भने सर्लाहीको सहइन्चार्जमा लोचन धिमाल र रामपृत रायलाई जिम्मेवारी दिइएको सचिव बरबरियाले जानकारी दिए। उनका अनुसार बाँकी जिल्लाका सह इन्चार्ज प्रदेश समितिकाे बैठक बसेर तय गरिने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .