राजनीति


सर्वाेच्च अदालतमा आज पनि तनाव, प्रधानन्यायाधीशलाई गेटमै रोक्न धर्ना

सर्वाेच्च अदालतमा आज पनि तनाव, प्रधानन्यायाधीशलाई गेटमै रोक्न धर्ना

आज आइतबार सर्वाेच्च अदालत परिसरमा धर्ना दिने क्रममा वकिल र प्रहरीबीच धकेलाधकेल। तस्बिर : विक्रम राई/नेपालखबर।


नेपालखबर
कात्तिक २८, २०७८ आइतबार १०:३९, काठमाडौँ

प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलनरत कानुन व्यवसायीले आज पनि सर्वाेच्च अदालतमा धर्ना दिएका छन्। 

यस क्रममा वकिल र प्रहरीबीच धकेलाधकेल भएको छ। 

शुक्रबार वकिलहरूले सर्वाेच्च अदालतको मूल गेटमा धर्ना दिएपछि प्रधानन्यायाधीश जबरा कडा सुरक्षाबीच अर्कै गेटबाट कार्यकक्ष छिरेका थिए। आज भने दुवै गेटमा धर्ना दिएर उनलाई छिर्न नदिने तयारीमा रहेको आन्दोलनरत कानुन व्यवसायीले बताएका छन्।   

धर्नाको नेतृत्वकर्ता नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबरालाई पद छाड्न आग्रह गरेका छन्। 

सर्वोच्च अदालत परिसरमा  धर्नामा बसेका कानुन व्यवसायीलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले भने, ‘प्रधानन्यायाधीशज्यू न्यायपालिकाप्रति माया छ भने छाडिदिनुहोस्।’ 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .