राजनीति


प्रदेश २ का उद्योगमन्त्री राय बर्खास्त

प्रदेश २ का उद्योगमन्त्री राय बर्खास्त

शैलेन्द्र महतो
कात्तिक ३०, २०७८ मंगलबार १५:३४, काठमाडौँ

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन तथा वनमन्त्री रामनरेश रायलाई बर्खास्त गरेका छन्। 

नेकपा (एकीकृत समाजवादी)लाई प्रदेश सरकारमा सहभागी गराउन  मुख्यमन्त्री राउतले मन्त्री रायलाई राजीनामा दिन गएको आइतबार नै निर्देशन दिएका थिए। 

तर, उनले उल्टै मुख्यमन्त्री राउतलाई राजीनामा दिनुपर्ने बताएपछि बर्खास्त गरिएको हो।

मन्त्रीलाई बर्खास्त गरिएको पत्र प्रदेश प्रमुख कार्यालयमा आएको प्रदेश प्रमुख कार्यालय स्रोतले जनाएको छ।

उनी प्रदेश सरकार स्थापनाको समयमै तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)बाट महेन्द्र राय यादवको कोटामा मन्त्री बनेका थिए।

पछि उनी महन्त ठाकुर पक्षको कित्ता फेरेर मन्त्री पद जोगाएका थिए।

यो पनि : एकीकृत समाजवादीलाई ल्याएर पुनः मन्त्रिमण्डल विस्तार गर्दै मुख्यमन्त्री राउत, मन्त्री राय फिर्ता हुने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .