राजनीति


रामगोपालपुर नगरपालिकाले सूचना सच्याउँदै भन्योः प्रचण्डको स्वागतमा सार्वजनिक बिदा छैन

रामगोपालपुर नगरपालिकाले सूचना सच्याउँदै भन्योः प्रचण्डको स्वागतमा सार्वजनिक बिदा छैन

शैलेन्द्र महतो
मंसिर १, २०७८ बुधबार १०:१७, काठमाडौँ

महोत्तरीको रामगोपालपुर नगरपालिकाले यसअघिको सूचना सच्याउँदै आज (बुधबार) नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने भएका कारण नगरपािलका क्षेत्रमा सार्वजनिक बिदा नरहेको बताएको छ। 

पहिलो सूचनाको चर्को आलोचना हुन थालेपछि नगरपालिकाका नगरप्रमुख अशोक मण्डलले पुनः दोस्रो सूचना निकालेर बिदा सच्याइएको जानकारी दिएका हुन्।

रागोपालपुर नगरपालिकामा सातवटा आधारभूत स्वास्थ्यचाैकी र एक कोभिड अस्पतालकाे संयुक्त उद्घाटन तथा जनसभामामा सम्बाेधनका लागि आज प्रचण्ड त्यहाँ पुग्दै छन्। 

यस अवसरमा मेयर मण्डलले मंगलबारै सूचना निकालेर आज बुधबारलाई सार्वजनिक बिदा दिइएको जानकारी गराएका थिए।

तर व्यापक आलोचना हुन थालेपछि उनले आज अर्को सूचना निकालेर भूलवश सार्वजनिक बिदा लेखिएकाे स्पष्टीकरण दिएका हुन्।

दाेस्राे सूचनामा उनले भाइबहिनीको पर्व समाचकेवाका अवसरमा बुधबार र बिहीबार दुई दिन नगरपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्थामा मात्र बिदा रहने जानकारी गराएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .