ad ad

राजनीति


प्रहरीको अवरोध छिचोल्दै आज पनि सर्वाेच्च अदालतको मूलगेट पुगे वकिलहरू (तस्बिरहरू)

प्रहरीको अवरोध छिचोल्दै आज पनि सर्वाेच्च अदालतको मूलगेट पुगे वकिलहरू (तस्बिरहरू)

विक्रम राई
मंसिर ३, २०७८ शुक्रबार ११:१८, काठमाडौँ

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानुन व्यवसायीले सर्वाेच्च अदालतको गेटमा धर्ना जारी राखेका छन्। 

नेपाल बार एसोसिएसनको नेतृत्वमा आज पनि उनीहरूले बिहान साढे १० बजेपछि सर्वाेच्च अदालतको मूल गेटमा धर्ना दिइरहेका हुन्। 

धर्ना दिन सर्वाेच्च अदालतको मूल गेटतर्फ जाँदै गर्दा सर्वाेच्च अदालतमा तैनाथ प्रहरीले कानुन व्यवसायीहरूलाई रोक्न खोजेका थिए, तर त्यसको पर्वाह नगरी उनीहरू धर्नास्थल पुगेका हुन्। 

बिहीबार प्रहरीले बल प्रयोग गर्दा नेपाल बारका अध्यक्ष्य चण्डेश्वर श्रेष्ठसहित केही कानुन व्यवसायी घाइते भएका थिए। आज भने प्रहरीले कानुन व्यवसायीलाई रोक्न खोज्दा केही बेर सामान्य धकेला धकेलपछि अहिले स्थिति सामान्य छ। ​

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .