राजनीति


दुई मन्त्रालयसहित एकीकृत समाजवादी आज प्रदेश २ सरकारमा सहभागी हुने

दुई मन्त्रालयसहित एकीकृत समाजवादी आज प्रदेश २ सरकारमा सहभागी हुने

शैलेन्द्र महतो
मंसिर ५, २०७८ आइतबार ८:१०, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) आज प्रदेश २ सरकारमा सहभागि हुँदै छ। लामो बार्गेनिंङ र रस्साकस्सी पश्चात दुई मन्त्रालयसहित एकीकृत समाजवादी आज मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारमा सहभागि हुन लागेको हो। 

प्रदेश २ मा एकीकृत समाजवादीले उद्योग वन पर्यटन तथा वातावरण मन्त्रालय र कानुन तथा प्रदेश मामिला मन्त्रालय पाउने सहमति भइसकेको छ। 

उद्योग वन पर्यटन तथा वातावरण मन्त्रालयको जिम्मेबारी एकीकृत समाजवादीका संसदीय दलका नेता सत्रुधन महतो र कानुन तथा प्रदेश मामिला मन्त्रालयको जिम्मेबारी प्रमोद यादवले सम्हाल्दैछन्। आइतबार बिहान १० बजे उनीहरुले पद तथा गोपनियताको सपथ लिन लिने कार्यक्रम छ।

नेकपा (एस)लाई सरकारमा ल्याउन गएको मंगलबार नै जसपाको भागको उद्योग वन पर्यटन तथा वातावरण मन्त्रालयको जिम्मेबारीबाट रामनरेश रायलाई मुख्यमन्त्री राउतले बर्खास्त गरेका थिए। 

संघमा रहेको पाँच दलीय गठबन्धन जस्तै एकीकृत समाजवादीको प्रवेशसँगै प्रदेश २ सरकारले पनि आजदेखि पूर्णता पाउन लागेको छ। 

कांग्रेस, माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई सरकारमा ल्याउन मुख्यमन्त्री राउतले मन्त्रालय फुटाएर १० वटा बनाएका छन् भने पूर्व राजपा महन्थ पक्षलाई मन्त्री र राज्यमन्त्रीबाट बर्खास्त गरेका  छन्।  

कांग्रेस तीन मन्त्रालयसहित जेठ २६ गते र एक मन्त्रालयसहित साउन २ गते माओवादी केन्द्र प्रदेश २ सरकारमा सहभागी भइसकेको छ। 

मुख्यमन्त्री राउतसँग कानुन न्याय तथा प्रदेश मामिला र वाणिज्य आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालय बाँकी  छ। 

तर नेकपा (एस)ले बाँकी रहेका दुई मध्ये एक र  आर्थिक मालिमा योजना मन्त्रालय अथवा समाजिक विकास मन्त्रालय माग गर्दै बार्गेनिंङ गरेको थियो। तर कुरा मिलेको थिएन। 

अन्ततः उद्योग वन पर्यटन तथा वातावराण मन्त्रालयसहित दुई मन्त्रालय दिएपछि नेकपा (एस) सरकारमा सहभागि हुन सहमत भएको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .