नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा जारी छ।
एमाले सचिव महेश बस्नेतका अनुसार बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई गिरफ्तार गरिएको विषयमा ‘गम्भीर छलफल’ भइरहेको छ।

उनले भने, ‘बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक घटनाक्रम, विकसित परिस्थितिहरू तथा पार्टीको आगामी रणनीतिबारे आफ्नो धारणा राख्नुभएको छ। साथै वर्तमान राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीले अवलम्बन गर्ने रणनीति र आगामी कदमबारे पनि छलफल भइरहेको छ।’
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा सोमबार सुर्खेतबाट पक्राउ गरिएका एमाले उपाध्यक्ष पौडेललाई आज (मंगलबार) मात्रै विशेष अदालत (काठमाडौँ) ले सात दिन हिरासतमा राख्न अनुमति दिएको छ।
एमालेले उनको गिरफ्तारीलाई ‘गैरकानुनी’ भनेको छ।
एमाले सचिवालय बैठकका थप तस्बिर


Shares

प्रतिक्रिया