राजनीति


नेकपा एकीकृत समाजवादी प्रदेश २ को सरकारमा सामेल, मन्त्रीद्वय महतो र यादवले खाए शपथ

नेकपा एकीकृत समाजवादी प्रदेश २ को सरकारमा सामेल, मन्त्रीद्वय महतो र यादवले खाए शपथ

नवनियुक्त दुई मन्त्री आइतबार बिहान पद तथा गोपनीयताको शपथ खाँदै।


शैलेन्द्र महतो
मंसिर ५, २०७८ आइतबार १०:१९, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) प्रदेश २ सरकारमा सहभागी भएको छ।  

लामो रस्साकस्सीपश्चात् दुई मन्त्रालयसहित एकीकृत समाजवादी आज आइतबार बिहान मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारमा सहभागी भएको हो। 

उद्योग वन पर्यटन तथा वातावरण मन्त्रालयको जिम्मेवारी एकीकृत समाजवादीका संसदीय दलका नेता शत्रुधन महतो र कानुन तथा प्रदेश मामिला मन्त्रालयको जिम्मेवारी प्रमोद यादवले पाएका हुन्। दुवै मन्त्रीले आज बिहान १० बजे पद तथा गोपनीयताको शपथ खाएका छन्। 

नवनियुक्त दुवै मन्त्रीलाई प्रदेश २ प्रमुख हरिशंकर मिश्रले शपथ खुवाएका हुन्।

नेकपा एकीकृत समाजवादीलाई प्रदेश सरकारमा सामेल गराउन मुख्यमन्त्री राउतले गत मंगलबारै जसपाको भागको उद्योग वन पर्यटन तथा वातावरण मन्त्रालयको जिम्मेवारीबाट रामनरेश रायलाई बर्खास्त गरेका थिए। 

केन्द्र सरकारमा बनेको पाँचदलीय गठबन्धनबमोजिम एकीकृत समाजवादी प्रदेश २ को सरकारमा सहभागी भएको हो। योसँगै प्रदेश नम्बर २ को सरकारले पूर्णता पाएको छ। 

कांग्रेस, माओवादी केन्द्र र एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीलाई सरकारमा ल्याउन मुख्यमन्त्री राउतले मन्त्रालय फुटाएर १० वटा बनाएका छन् भने पूर्वराजपा महन्थ पक्षलाई मन्त्री र राज्यमन्त्रीबाट बर्खास्त गरेका छन्।  

कांग्रेस तीन मन्त्रालयसहित गत जेठ २६ गते र एक मन्त्रालयसहित साउन २ गते माओवादी केन्द्र प्रदेश २ सरकारमा सहभागी भइसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .