राष्ट्रपति विद्यादेवी भण्डारीले तराईको जीवन चुरे रहेकाले यसको सबै एकवद्ध भएर संरक्षण गर्नुपर्ने बताएकी छन्।
महोत्तरीको मटिहानी नगरपालिका स्थित मटिहानीको धार्मिकस्थल, संस्कृत शिक्षाको पुरानो केन्द्र रहेको ३०३ वर्ष पुरानो पाठशालाको अवलोकनसँगै नवनिर्मित रङ्गशाला उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन्।
‘चुरे तराईको जीवन हो’ यसको संरक्षण सम्बर्द्धन गर्न सबै एकजुट भएर लाग्नु पर्छ। तराईको दिगो विकास गरी बचाउनु पर्छ। समृद्ध बनाउनु पर्छ’ राष्ट्रपति भण्डारीले भनिन् ।
चुरे विनाशले नै वर्षेनी डुबान र ठूलो जनधनको क्षति हुने गरेको बताउँदै राष्ट्रपति भण्डारीले चुरे दोहन रोक्नु र नदी प्रणालीलाई सुधारको आवश्यकता रहेकोमा जोड दिइन्।
उनले अन्नको भण्डार तराईलाई कृषि आधुनिकीकरण तथा व्यवसायीकरण गर्नुपर्ने बताइन्।
देशमै सीप सिकाएर स्वरोजगारको वातावरण सृजना गरी युवाहरुलाई विदेश पलायन हुनबाट रोक्नु पर्ने उनको भनाइ थियो।
Shares
प्रतिक्रिया