पतञ्जलि योगपीठका दुई टेलिभिजन च्यानल आस्था नेपाल र पतञ्जलि नेपालको वैधता सम्बन्धमा छानबिन गर्न गठित सरकारी समितिले प्रतिवेदन बुझाएको छ।
सूचना तथा प्रसारण विभागले गठन गरेको छानबिन समितिले विभागका महानिर्देशक गोगन हमाललाई सोमबार प्रतिवेदन बुझाएको हो।
विभाग स्रोतका अनुसार हमालले सञ्चार मन्त्रालयलाई उक्त प्रतिवेदन आजै बुझाइसकेका छन्।
‘हामीले आजै बिहान छानबिन प्रतिवेदन महानिर्देशकज्यूलाई बुझाइसकेका छौं’, ती सदस्यले नेपालखबरसँग भने।
उनले प्रतिवेदनमा उल्लिखित विवरणबारे जानकारी दिन चाहेनन्।
विभागसँग स्वीकृतिबेगर दुई टेलिभिजन च्यानल आस्था नेपाल र पतञ्जलि नेपाल सञ्चालनमा आएको समाचार सार्वजनिक भएपछि महानिर्देशक हमालले छानबिन समिति गठन गरेका थिए।
समितिले पतञ्जलिकाे केन्द्रीय कार्यालय, मण्डिखाटारस्थित टेलिभिजका दुई भवन अवलोकन गरेको थियो।
त्यस क्रममा विभागका अधिकारीले यी दुई टीभी च्यानलबारे कर्मचारीसँग एक घण्टा बयान लिएका थिए।
प्रतिवेदनबारे महानिर्देशक हमालसँग नेपालखबरले बुझ्न खोज्दा सोमबार अपराह्नसम्म उनी सम्पर्कमा आएका छैनन्।
मन्त्रालयले हमाललाई प्रतिवेदनबारे नबोल्न निर्देशन दिएको स्रोतको भनाइ छ।
Shares

प्रतिक्रिया