राजनीति


तीनैतहको निर्वाचनसम्म पाँच दलीय गठबन्धन कायम रहन्छः नेपाल

तीनैतहको निर्वाचनसम्म पाँच दलीय गठबन्धन कायम रहन्छः नेपाल

शैलेन्द्र महतो
मंसिर ७, २०७८ मंगलबार १५:२४, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आसन्न राष्ट्रियसभा निर्वाचन लगायत तीनैतहको निर्वाचनसम्म पाँच दलीय गठबन्धन कायम रहने बताएका छन्। 

धनुषाको विदेह नगरपालिका स्थित तीकौरिया चोकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन आएका नेता नेपालले जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन्। 

‘आसन्न राष्ट्रिय सभाको निर्वाचनमा वर्तमान गठबन्धन सँगै जाने, साझा उम्मेदवार खडा गर्ने सहमति भइसक्यो। अगामी स्थानीय, प्रदेश र प्रतिनिसिभाको निर्वाचनसम्मै हाम्रो गठबन्धन कायम रहन्छ। यो विषयमा पाँचवटै दल सकरात्मक छन्’ अध्यक्ष नेपालले भने। 

उनले न्यायालय भित्रको विवाद वार्ता र संवादकै माध्यमबाट समाधान हुने बताए। न्यायालयको विवाद चाँडो समाधान नहुँदा बाहिर नकरात्मक सन्देश गइरहेकाले सो विवाद छिटोभन्दा छिटो समाधान गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भएको समेत उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .