नेकपा एमालेले चितवनमा मंसिर १० देखि हुन लागेको दसौँ महाधिवेशनका लागि अध्यक्षमण्डल बनाएको छ।
मंगलबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकले केपी शर्मा ओलीको अध्यक्षतामा अध्यक्षमण्डल बनाएको हो।
एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार ओलीको अध्यक्षतामा गठित अध्यक्षमण्डलमा ११ जना रहेका छन्।
उक्त अध्यक्षमण्डलमा उपाध्यक्ष भीम रावल पनि अटाएका छन्। यसअघि असोजमा ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनमा रावललाई अध्यक्षमण्डलमा राखिएको थिएन।
महाधिवेशनको अध्यक्षमण्डलमा ओली, उपाध्यक्षहरु भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य पनि सदस्य रहेका छन्।
त्यस्तै महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र स्थायी कमिटी सदस्य रामबहादुर थापा 'बादल' पनि रहेका छन्।
त्यसैगरी स्थायी कमिटी सदस्यहरु टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटालाई पनि अध्यक्षमण्डलमा राखिएको छ।
Shares
प्रतिक्रिया