ad ad

राजनीति


केन्द्रीय कोषाध्यक्ष लडेका कार्की महाधिवेशन प्रतिनिधिमा पराजित

केन्द्रीय कोषाध्यक्ष लडेका कार्की महाधिवेशन प्रतिनिधिमा पराजित

वाशुदेव मिश्र
मंसिर ७, २०७८ मंगलबार १९:८, काठमाडौँ

२०७२ सालको नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा केन्द्रीय कोषाध्यक्षको उम्मेदवार रहेका कृष्णकुमार कार्की १४ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधिमै पराजित भएका छ्न्। कास्की क्षेत्र नमबर १ बाट खुलातर्फका प्रत्यासी थिए।

पोखरा १८ का बासिन्दा उनले यसपटक कास्की कांग्रेस सभापतिमा उठ्ने अनौपचारिक घोषणासमेत गरेका थिए।

नेविसंघ कास्की जिल्ला सदस्य, तरुण दल कास्की जिल्ला सभापति, क्षेत्रीय प्रतिनिधि हुँदै उनी बाह्रौं र तेह्रौं महाधिवेशनमा महासमिति सदस्य रहेका थिए। गुटको राजनीति अन्त्य गर्नुपर्छ भनेर कोषाध्यक्षमा उम्मेदवारी दिएको बताउने उनी जिल्लामा १० जना खुल्ला प्रतिनिधिमा अटाएनन्।

पूर्वसभामुख तारानाथ रानाभाट, पूर्वमन्त्री यज्ञबहादुर थापालगायत नेताले जित्दा उनी ११औं नम्बरमा परे। उनले २७१ मत पाउँदा १० औं नम्बरमा रहेका शिरोमणि लामिछानेले २६० मत ल्याए।

केन्द्रीय कोषाध्यक्षमा उनले ६६ मत ल्याएका थिए। कार्कीसँगै सो क्षेत्रबाट महाधिवेशन प्रतिनिधि उठेका कास्की कांग्रेसका वर्तमान सभापति कृष्ण केसी, सचिव सुदीपमोहन भट्टराई, किशोरदत्त बराल पनि जिल्ला सभापतिको दौडमा छ्न्।

सभापति उठ्ने घोषणा तथा आफ्नै वडाबाट पनि उनले सहयोग पाएनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .