ad ad

राजनीति


नेताको कुरो नमिलेपछि फुर्सदिला कार्यकर्ता (फोटो फिचर)

नेताको कुरो नमिलेपछि फुर्सदिला कार्यकर्ता (फोटो फिचर)

विक्रम राई
मंसिर १२, २०७८ आइतबार १२:१२, चितवन

नेकपा एमालेमा नयाँ नेतृत्व चयनको विकल्प नभेटिएको अवस्थामा कार्यकर्ता भने फुर्सदिला बनेका छन्। 

सर्वसम्मति या निर्वाचनमध्ये एउटा विकल्पमा जान एमाले नेतृत्व असफल भएको अवस्थामा सौराहा विभिन्न रिसोर्ट र होटलमा बसिरहेका महाधिवेशन प्रतिनिधि फुर्सदिला बनेका हुन्।

दसौँ महाधिवेशन अन्तर्गत शनिबार सौराहामा भएको बन्द सत्रले अध्यक्ष केपी शर्मा ‌ओलीलाई पदाधिकारी र केन्द्रीय सदस्य छान्ने सर्वाधिकार दिएको थियो।

तर ओलीले आफ्नै समूहका नेता व्यवस्थापन गर्न सकेका छैनन्। उनलाई वरिष्ठ उपाध्यक्ष र महासचिव पदमा नेता व्यवस्थापन गर्न समस्या भएको छ।

ओलीले अध्यक्षको दाबी गरिरहेका उपाध्यक्ष भीम रावललाई मिलाउन नसक्दा महाधिवेशन अझै लम्बिने संकेत देखिएको छ।

यदि आइतवार पनि सहमति नभएमा महाधिवेशन निर्वाचनतिर जानेछ। नेताहरु रस्साकस्सी गरिरहँदा महाधिवेशन प्रतिनिधिहरु रिसोर्टमा टहलिएर बसेका छन्। 

धेरै प्रतिनिधिहरु राप्ती किनारतिर पुगेका छन्। केहीले यही मौकामा हात्तीमा चढेर जंगल सफारी गर्न पनि भ्याइसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .