ad ad

राजनीति


कांग्रेस कञ्चनपुरमा रमेश भर्सेस एनपी : पदाधिकारीमा कस्का कति?

कांग्रेस कञ्चनपुरमा रमेश भर्सेस एनपी : पदाधिकारीमा कस्का कति?

गोकुल जोशी
मंसिर १२, २०७८ आइतबार १६:१७, काठमाडौँ

नेपाली कांग्रेस कञ्चनपुरको सभापतिमा नेता रमेश लेखक निकट पदम बोगटी निर्वाचित भएका छन्। 

आइतबार अपरान्ह सम्पन्न मतगणना अनुसार उनले ८०६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी पूर्वमन्त्री एनपी साउद निकट बहादुर सिंह थापाले ७१५ मत प्राप्त गरेका छन्।

उपसभापतिमा साउद प्यानलका दुवै उम्मेदवार विजयी भएका छन्। साउद प्यानलका मीनबहादुर सिंह ७८६ र हरिशचन्द्र राना ७६३ मत सहित विजयी भएका छन्। उनीहरुका निकटतम प्रतिद्वन्द्वी लेखक प्यानलका शंकर चन्द ७४० र दिवाकर पाण्डेयले ७०४ मत प्राप्त गरे। 

सचिवमा पनि साउद निकट उम्मेदवार विजयी भएका छन्। सचिवमा हेमराज ओझा र भीमराज भट्ट क्रमशः ७३० र ७२९ मत ल्याएर विजयी भए। उनीहरुका निकटतम प्रतिद्वन्द्वी लेखक प्यानलका सिद्धराज भट्ट र जनकसिंह धामीले क्रमशः ७१३ र ६८० मत प्राप्त गरे। 

यस्तै, दुवै प्यानलमा नलागेका सचिव पदका उम्मेदवार तर्कराज भट्टले १३० ल्याए।

सहसचिवमा लेखक र साउद प्यानलका एक÷एक जना विजयी भएका छन्। साउद प्यानलका सहसचिवका उम्मेदवार नाफुसिंह साउद र लेखक प्यानलका पुष्कल चौधरीले ६७४ मत ल्याएर विजयी भए। 

लेखक प्यानलका सहसचिव पदका अर्का उम्मेदवार कविराज भट्टले ६४९ र साउद प्यानलका हरिप्रसाद अधिकारीले ६१७ मत ल्याए। सहसचिवकै स्वतन्त्र उम्मेदवार कलकबहादुर सिंहले २९७ मत प्राप्त गरे।

कांग्रेस कञ्चनपुरको सभापतिमा लेखक निकट पदम बोगटी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .