राजनीति


रेल सञ्चालन गर्न एक हप्ताभित्रै अध्यादेश, दुवै देशका प्रधानमन्त्रीबाट उद्घाटन : मन्त्री यादव

रेल सञ्चालन गर्न एक हप्ताभित्रै अध्यादेश, दुवै देशका प्रधानमन्त्रीबाट उद्घाटन : मन्त्री यादव

शैलेन्द्र महतो
मंसिर १४, २०७८ मंगलबार १९:२८, काठमाडौँ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनु यादवले अध्यादेश मार्फत कानुन ल्याएर चाँडै रेल सञ्चालन गर्ने बताएकी छन्। 

मंगलबार जनकपुर स्थित रेल्वे स्टेसनको निरीक्षण गर्दै मन्त्री यादवले रेल सञ्चालनकै लागि अध्यादेश मार्फत रेल्वे कानुन ल्याउने काम अन्तिम चरणमा पुगेको बताएकी हुन्। 

गएको आइतबार मन्त्रिपरिषद्को बैठकमा अध्यादेशमार्फत रेल ल्याउन प्रस्ताव पेश गरेको बताउँदै उनले एक हप्ताभित्र कानुनी प्रकृया पुरा हुने बताइन्। 

उनले प्रधानमन्त्रन्त्री शेर बहादुर देउवासँग अध्यादेश ल्याएर रेल चलाउने विषयमा कुराकानी भएको समेत जानकारी दिइन्। यो विषयमा प्रधामन्त्री देउवमा सकारात्मक रहेको मन्त्री यादवको भनाइ छ। 

‘रेल सञ्चालनको लागि सरकारले तीव्र रुपमा काम अगाडि बढाएको छ। कर्मचारी भर्ना प्रकृया पनि छिट्टै सुरु हुन्छ’ उनले भनिन् ‘बजेटबारे अर्थ मन्त्रालयमा जानकारी दिइसकेको छ। बजेटको समस्या हुँदैन।’

उनले कानुन, बजेट र प्राविधिक त्रुटीको अभावमा रेल सञ्चालनमा ढिलाई भएको स्वीकार गरिन्। 

उनले रेल सञ्चालन सम्बन्धी कार्यविधि बनिसकेको र भारतीय केआरसीएल कम्पनीसँग दुई पक्षीय जिटुजी सम्झौता अन्तर्गतको पहिलो किस्ता समेत दिइसकेको बताइन्। अब कर्मचारी, बजेट र भाडादर तोक्न बाँकी रहेकाले छिट्टै प्रकृया अगाडि बढ्ने उनको भनाइ छ। 

मन्त्री यादवले सञ्चालनको चाँडै उद्घाटन हुने समेत दावी गरिन्। रेलको उद्घाटन दुवै देशका प्रधानमन्त्रीले गर्ने जानकारी दिँदै उनले भनिन्, ‘भर्चुअल भए पनि दुवै देशका प्रधानमन्त्रीले अन्तरदेशीय रेलको उद्घाटन गर्नुहुन्छ। सकेसम्म हामीले भौतिक रुपमा सहभागी भएर उद्घाटन गराउने तयारीमा छौं’ उनले भनिन्।

मन्त्री यादवले चार लाख ५० हजार टिकट पनि छापेर जनकपुरधाम रेलवे स्टेशनमा राखिसकेको बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .