ad ad

राजनीति


राप्रपा महाधिवेशन : १ सय ९९ सदस्यमा कति हुन्छन् पदाधिकारी?

राप्रपा महाधिवेशन : १ सय ९९ सदस्यमा कति हुन्छन् पदाधिकारी?

काठमाडौंमा सुरु भएको राप्रपा महाधिवेशन। तस्बिर : विजय सिंह/नेपालखबर


सागर न्यौपाने
मंसिर १५, २०७८ बुधबार १७:२६, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन बुधबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ।

भृकुटीमण्डपमा जारी महाधिवेशनले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ। 

नयाँ नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन मैदानमा छन्। राप्रपा महाधिवेशनमा देशभरबाट ४६ सय प्रतिनिधि सहभागी छन्। 

राप्रपाको विधानमा एक अध्यक्षसहित १ सय ९९ सय कार्यसमिति रहने व्यवस्था गरिएको विधान संशोधन तथा सुझाव समिति सदस्य कृष्णप्रसाद पाण्डेले जानकारी दिए।

उनका अनुसार अहिले अध्यक्ष, उपाध्यक्ष र महामन्त्री चुनाव हुनेछ।

त्यसमा १ सय ४९  निर्वाचित हुनेछन्। बाँकी ५० जना मनोनित गरेर पदपूर्ति गरिने नेता पाण्डेले बताए। 

त्यसमध्ये खुल्लाबाट ५७ जना निर्वाचित हुनेछन्। महिलातर्फ ४७ जना निर्वाचित हुने व्यवस्था रहेको पाण्डेले बताएका छन्।

पदाधिकारी टीम
राप्रपाको विधान अनुसार एक अध्यक्ष, एक महिलासहित ४ उपाध्यक्ष निर्वाचित र १ महिलासहित ३ महामन्त्री निर्वाचित हुने व्यवस्था छ। 

यसैगरी आदिवासी जनजाति १४ जना, मधेसी ११ जना, मुस्लिम ३, उत्पीडित ३, थारु २, पिछडिएका क्षेत्र र कर्णाली २ जना र प्रवासबाट २ जना निर्वाचित हुनुपर्ने व्यवस्था छ।

सह-महामन्त्री र सहायक महामन्त्री गरी ७/७ जना भने अध्यक्षले मनोनित गर्नेछन्। त्यसैगरी कोषाध्यक्ष पनि मनोनित हुनेछन्। 

यस्तै प्रवक्ताहरू रहने पनि व्यवस्था छ तर, त्यसको संख्या भने नतोकिएको विधान संशोधन तथा सुझाव समिति सदस्य पाण्डेले बताए।

राप्रपा महाधिवेशन अन्तर्गत बिहीबारदेखि बन्द सत्र सुरु हुनेछ। बन्दसत्रबाट नयाँ नेतृत्व चयनको लागि निर्वाचन प्रक्रिया सुरु गर्न निर्वाचन समिति बनाइएको छ। 

राप्रपामा अध्यक्षमा नयाँ प्रत्यासी थापा र लिङ्देनले महाधिवेशनस्थलमा चुनावी प्रचारलाई तीव्रता दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .