राजनीति


विवादका कारण प्रदेश २ मा कांग्रेस अधिवेशन स्थगित

विवादका कारण प्रदेश २ मा कांग्रेस अधिवेशन स्थगित

शैलेन्द्र महतो
मंसिर २०, २०७८ सोमबार १४:४४, काठमाडौँ

प्रदेश २ मा नेपाली कांग्रेसको प्रदेश अधिवेशन स्थगित भएको छ। 

पार्टी भित्रको विवादै विवादले केही जिल्लाबाट मतदाता नामावली प्राप्त नहुँदा अधिवेशन स्थगित भएको हो। 

पार्टीका केन्द्रीय सदस्यसमेत रहेका प्रदेश २ का महाधिवेशन संयोजक रमेश रिजालले सोमबार पत्रकार सम्मेलन गरी प्रदेश अधिवेशन स्थगित भएको घोषणा गरेका हुन्।  

प्रदेशका ८ जिल्लामा ३२ वटा निर्वाचन क्षेत्रहरू छन्। जसमध्ये सर्लाही, सप्तरी र रौतहटबाट मतदाताहरूको नाम आउन नसकेको समितिले जनाएको छ।

सर्लाहीको १० वटा वडा र चारवटै निर्वाचन क्षेत्रमा अधिवेशन हुन सकेको छैन। मतदाता नामावली प्राप्त नहुँदा पूर्वघोषित निर्वाचन तालिकाअनुसार अधिवेशन गराउन नसकेको संयोजक रिजालले बताए।

सप्तरी क्षेत्र नम्बर–४ को क्षेत्रीय अधिवेशन पनि हुन सकेको छैन भने महोत्तरी क्षेत्र नम्बर–३ को सम्पूर्ण परिणाम रद्द गरी पुनः निर्वाचन गर्न केन्द्रीय निर्वाचन समितिले निर्देशन दिइसकेको छ।

रौतहटको सबै निर्वाचन सम्पन्न भइसक्दासमेत नामावली आउन बाँकी रहेको उनले बताए। 

‘मंसिर मंसिर १८ भित्रै निर्वाचन गर्नुपर्ने थियो। त्यो हुन सकेन, मतदाता नामावली ३ जिल्लाबाट आउन सकेको छैन, त्यसकारण प्रदेश अधिवेशन स्थगित गरिएको छ’, रिजालले भने, ‘अब प्रदेश–२ को अधिवेशन महाधिवेशन पछि हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .