राजनीति


प्रदेश २ : नाम ‘मधेश प्रदेश’ र राजधानी ‘जनकपुरधाम’ कायम गर्न लोसपाले गठन गर्‍याे वार्ता टोली

प्रदेश २ : नाम ‘मधेश प्रदेश’ र राजधानी ‘जनकपुरधाम’ कायम गर्न लोसपाले गठन गर्‍याे वार्ता टोली

शैलेन्द्र महतो
पुस ६, २०७८ मंगलबार २०:४३, काठमाडौँ

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रदेश २ को नाम ‘मधेस प्रदेश’ र राजधानी ‘जनकपुरधाम’ हुने प्रस्तावमा सहयोगका लागि दलहरुसँग छलफल तथा सहकार्य अघि बढाउने भएको छ। 

लोसपा संसदीय दलको बैठकले सो प्रस्ताव उपर सहयोगका लागि प्रदेशसभाभित्र रहेका दलहरुसँग छलफल तथा सहमति अघि बढाउन वार्ता टोलीसमेत गठन गरेको छ। 

आगामी बैठकमा प्रदेशको नाम ‘मधेस प्रदेश’ र राजधानी ‘जनकपुरधाम’ हुने गरी छलफल तथा सहमति गर्न लोसपा प्रदेश सांसद रानी शर्मा तिवारीको संयोजकत्वमा ७ सदस्यीय वार्ता टोली गठन गरेको हो। 

वार्ता टोलीको सदस्यहरुमा प्रदेशसभा सदस्य परमेश्वर साह, जैनुल राइन, अभिराम शर्मा, उपेन्द्र महतो, बाबुलाल साह र प्रह्लाद गिरी रहेका छन्। 

वार्ता टोलीले सबै दलसँग छलफल संवाद गरी सहमतिमा पुग्ने विश्वास लिएको लोसपा संसदीय दलका नेता जितेन्द्र सोनलले बताए । 

पुस ८ गते बिहीबार बस्ने प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठकमा सरकारले प्रदेशको नाम र राजधानीसम्बन्धी प्रस्ताव लग्ने तयारी गरेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .