राजनीति


कांग्रेसको प्रदेश २ अधिवेशनस्थलमै देउवा र निधि पक्षबीच कुटाकुट

कांग्रेसको प्रदेश २ अधिवेशनस्थलमै देउवा र निधि पक्षबीच कुटाकुट

अधिवेशनस्थलमा दुई पक्षबीच विवाद चलिरहँदा। तस्बिर : नेपालखबर


शैलेन्द्र महतो
पुस ७, २०७८ बुधबार १६:४९, जनकपुरधाम

प्रदेश २ मा जारी नेपाली कांग्रेसको प्रदेश कार्य समितिको पहिलो अधिवेशनका क्रममा दुई समूहबीच कुटाकुट भएको छ। 

जनकपुरधामस्थित कांग्रेस प्रदेश २ को निर्वाचनस्थल गोपाल धर्मशालामा सभापति शेरबहादुर देउवा र नेता विमलेन्द्र निधि पक्षधरबीच कुटाकुट भएको हो। 

प्रदेश २ मा नेताहरु दुईवटा प्यानल बनाएर मैदानमा उत्रिएका छन्। सभापति देउवा पक्षधरले रामकृष्ण यादवलाई अघि सारेका छन्। 

रामसरोज यादवले निधि तथा डा. शेखर कोइरालाको साथ पाएका थिए। यस्तोमा दुवै पक्षका कार्यकर्ताबीच अधिवेशनस्थलमै मुक्का हानाहान भएको हो। 

भिडिओ

अधिवेशन जारी रहँदा निधि पक्षले बिहीबार दिउँसो मात्रै मतदान गर्नुपर्ने अडान लिएको छ। उता देउवा पक्षले भने बुधबार राति नै मतदान गराउन अडान लिएको छ।

यही विवादले उग्र रुप लिएपछि प्रदेश अधिवेशनमा सहभागी दुवै पक्षका प्रतिनिधिबीच कुटाकुट भएको छ।

रामसरोज प्रदेश २ कांग्रेसका संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री हुन् भने रामकृष्ण यादव पार्टीको रौतहट जिल्ला सभापति। 

दुई पक्षबीचको कुटाकुटका क्रममा अहिले अधिवेशनस्थल तनावग्रस्त भएको छ। प्रदेश २ को अधिवेशन आफ्नो पक्षमा पार्न देउवाले बालकृष्ण खाँणलाई पठाएका छन्। उता शेखर पक्षबाट गगन थापासहितका नेता पनि त्यहाँ पुगेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .