नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० नेतालाई पार्टीको केन्द्रीय समितिको सदस्यमा मनोनयन गरेका छन्।
प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई शनिबार कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्यमा मनोनयन गरेका हुन्।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले विज्ञप्ति जारी गरी सभापति देउवाले कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम उल्लिखित १० नेतालाई पार्टीको केन्द्रीय सदस्य बनाएको उल्लेख छ।
यसअघि १४औं महाधिवेशनबाट १३ पदाधिकारीसहित कांग्रेसको १३४ सदस्यीय केन्द्रीय समिति चयन भइसकेको छ।
अब कांग्रेसमा कोषाध्यक्ष छनोट गर्न बाँकी छ। यो पनि सभापतिको प्रस्तावमा केन्द्रीय समितिले चयन गर्नेछ।
Shares
प्रतिक्रिया