ad ad

राजनीति


सेनाको हेलिकप्टर चढेर धरान आइपुगे प्रधानमन्त्री देउवा

सेनाको हेलिकप्टर चढेर धरान आइपुगे प्रधानमन्त्री देउवा

मंगलबार बिहान धरान ओर्लिएपछि प्रधानमन्त्री देउवा


कृष्ण बहाब
पुस २०, २०७८ मंगलबार ११:८, धरान

प्रधानमन्त्री शेरबहादुर देउवा आज (मंगलबार) बिहान धरान आइपुगेका छन्। धरान स्थापना दिवसका अवसरमा आयोजित ‘धरान डे’ उद्घाटन गर्न उनी नेपाली सेनाको हेलिकप्टरमार्फत धरान आइपुगेका हुन्।

देउवाले धरान २ स्थित नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ को नवनिर्मित पार्टी कार्यालयको भवन उद्घाटन गर्ने पहिलो कार्यक्रम छ।

त्यसपछि धरान ६ पानवारीमा फोहोर प्रशोधन केन्द्र उद्घाटन गर्ने कार्यक्रम छ भने धरान ८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजनामा बन्दै गरेको बसपार्क अवलोकन गर्ने कार्यक्रम तय भएको छ।

बसपार्क अवलोकनपश्चात् प्रधानमन्त्री देउवाले धरान १२ मा निर्माण भएको प्राविधिक शिक्षालय भवन उद्घाटन गर्ने कार्यक्रम छ भने दिउँसो १ बजे धरान स्थापना दिवस समाराेहमा सहभागी हुने तालिका छ। 

धरान स्थापना दिवसकाे कार्यक्रम धरान १२ स्थित पब्लिक हाइस्कुलको प्राङ्गणमा उद्घाटन गरिँदै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .