ad ad

राजनीति


प्रदेश १ मा एमालेका ३ उम्मेदवार, गठबन्धनमा माओवादीलाई भाग परेन

प्रदेश १ मा एमालेका ३ उम्मेदवार, गठबन्धनमा माओवादीलाई भाग परेन

गठबन्धनकाे तर्फबाट उम्मेदवारी दिन जाँदै एकीकृत समाजवादीकी जयन्ती राई।


कृष्ण बहाब
पुस २०, २०७८ मंगलबार १५:५७, काठमाडौँ

आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि प्रदेश १ बाट ६ जनाको उम्मेदवारी परेको छ। प्रदेश १ को निर्वाचन कार्यालय विराटनगरमा पुगेर ६ जनाले उम्मेदवारी दर्ता गराएका हुन्। 

एमालेबाट ३ जनाले उम्मेदवारी दिएका छन्। जसमा खुल्लातर्फ मोरङका गुरु बराल, महिलामा झापाकी सुमित्रा भण्डारी र अपांगता भएका वा अल्पसंख्यकतर्फ सोनाम ग्याल्जेन शेर्पा रहेका छन्।

सत्ता गठबन्धनबाट भने कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र जसपाबाट एकएक जनाले उम्मेदवारी दिएका छन्। सत्ता गठबन्धनको सामुहिक उम्मेदवार भएकाले सहमतिमा प्रदेश १ बाट माओवादीको भने कुनै उम्मेदवार छैनन्।

गठबन्धनको तर्फबाट कांग्रेसका गोपाल बस्नेत (झापा), महिलातर्फ नेकपा (एकीकृत समाजवादी)की जयन्ती राई (भोजपुर) र जनता समाजवादी पार्टीका अपांगता भएका/अल्पसंख्यकतर्फको कोटाबाट हेमराज थुलुङ राईले उम्मेदवारी दर्ता गराएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .