राजनीति


प्रदेश २ : गठबन्धनविरुद्ध एमाले र लोसपाको छुट्टाछुट्टै उम्मेदवारी दर्ता

प्रदेश २ : गठबन्धनविरुद्ध एमाले र लोसपाको छुट्टाछुट्टै उम्मेदवारी दर्ता

शैलेन्द्र महतो
पुस २०, २०७८ मंगलबार १७:४३, काठमाडौँ

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश २ मा ६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। 

प्रदेश २ मा दुई सिटका लागि हुने निर्वाचनमा ६ जनाले उम्मेदवारी दिएका हुन्।

मंगलबार जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालयमा पाँच दलीय गठबन्धनबाट जसपाका खालिद सिद्धिकी (सिरहा) र माओवादीकी उर्मिला अर्याल (पर्सा) ले उमेदवारी दर्ता गराएका छन्।

यस्तै, प्रमुख प्रतिपक्षी एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन्।

लोसपाबाट सप्तरीका श्याम सुन्दर सरदार र महोत्तरीकी रूपमा यादवले उम्मेदवारी दिएकी छन् भने एमालेबाट रौतहटकी बिना साह र पर्साका उसमान अन्सारीले उम्मेदवारी दिएको निर्वाचन कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .