ad ad

राजनीति


एमाले कैलाली अध्यक्षमा भीम रावल पक्षका उम्मेदवारलाई हराउँदै लेखराज भट्ट समर्थित थापा विजयी

एमाले कैलाली अध्यक्षमा भीम रावल पक्षका उम्मेदवारलाई हराउँदै लेखराज भट्ट समर्थित थापा विजयी

गोकुल जोशी
पुस २७, २०७८ मंगलबार ७:१०, महेन्द्रनगर

नेकपा एमाले कैलालीको अध्यक्षमा पार्टीका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट समर्थित उम्मेदवार रतन थापा विजयी भएका छन्। 

सोमबार राति सार्वजनिक मतपरिणामअनुसार एमाले नेता भीम रावल पक्षका रणबहादुर चन्दलाई केवल ४ मतले पछि पार्दै थापा एमाले कैलालीको अध्यक्षमा दोहोरिएका हुन्। 

विजयी थापाले २८७ मत ल्याउँदा पराजित चन्दले २८३ भोट पाएका हुन्। 

कैलालीमा भीम रावल र ओलीनिकट मानिने जिल्ला इन्चार्ज नारदमुनि रानाबीच गठबन्धन बनेको थियो। उनीहरूले चन्दलाई समर्थन गरेका थिए।

तर अध्यक्षमा रावलनिकट उम्मेदवार हारे, सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्ट र सहइन्चार्ज कर्ण थापा समर्थित थापाले जिते। 

यस्तै उपाध्यक्षमा ३२७ मतसहित दुर्गाप्रसाद जोशी विजयी भएका छन्। उनका प्रतिस्पर्धी सीताराम बुढाथोकीले २०९ मत ल्याए।

सचिवमा भने भीम रावल समर्थित डेजी पाण्डे विजयी भएका छन्। विजयी पाण्डेले २९४ मत ल्याए भने उनका प्रतिद्वन्द्वी दानबहादुर विकले २६० मत पाए। 

यस्तै दुइटा उपसचिव पदमा २९० मतसहित ममता चौधरी र १९६ मत ल्याएर लोकेन्दबहादुर शाही विजयी भएका छन्।

उनीहरूका प्रतिद्वन्द्वी प्रेम डगौंराले १७१ र विनय शाहले १७८ मत पाएका छन्।

यो पनिकैलालीमा ओली समूहमै फुट, चुनावी मैदानमा लेखराज भट्ट र भीम रावलका गुट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .