कोरोना संक्रमण बढ्दै गएको भन्दै नेकपा माओवादी केन्द्रले भोलि माघ ८ गते राख्ने भनेको केन्द्रीय कमिटीको बैठक स्थगन गरेको छ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालयले शुक्रबार बिहान सूचना जारी गरी २०७८ माघ ८ गते बस्ने भनिएको केन्द्रीय समितिको बैठक कोरोना महामारीको बढ्दो संक्रमण, स्वास्थ्य मापदण्ड पालनासम्बन्धी सरकारद्वारा जारी निर्देशन र स्वास्थ्यकर्मीहरूको सुझाव आदिलाई मध्यनजर गरी अर्को निर्णय नहुँदासम्मका लागि स्थगन गरिएको जानकारी दिएको हो।
उसले जारी गरेको सार्वजनिक सूचनामा आफ्ना सदस्यहरूलाई भनेको छ, ‘कुनै कारणवश सूचना नपुगेमा यसलाई पनि सूचनाको आधार बनाइदिन केन्द्रीय कार्यालय हार्दिक अनुरोध गर्दछ।’
तर पार्टीको निवर्तमान स्थायी समिति र आयोगका अध्यक्षहरूको बैठक स्वास्थ्य मापदण्ड पालना गरी भोलि माघ ८ गते ८:३० बजे बिहान पार्टी कार्यालय पेरिसडाँडामा बस्ने जानकारी पनि माओवादी केन्द्रले दिएको छ।
Shares
प्रतिक्रिया