ad ad

राजनीति


उपेन्द्र यादव भन्छन् : तीनै तहको निर्वाचन एकैपटक सम्भव छैन

उपेन्द्र यादव भन्छन् : तीनै तहको निर्वाचन एकैपटक सम्भव छैन

फाइल तस्बिर


नेपालखबर
माघ ७, २०७८ शुक्रबार १९:६, काठमाडौँ

सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले स्थानीय, प्रदेश र संघीय तहको निर्वाचन एकैपटक नहुने बताएका छन्।

सत्ता गठबन्धन र सरकार सञ्चालन समन्वय संयन्त्रको शुक्रबार बसेको बैठकपछि नेपालखबरसँग कुरा गर्दै उनले संविधानमा एकैपटक तीनै तहको चुनाव गर्ने व्यवस्था नभएको पनि उल्लेख गरे।

संविधान, कानुनविद् र निर्वाचन आयोगसँग परामर्श गरेर क्रमैसँग निर्वाचनको मिति तोक्ने विषयमा गठबन्धनको बैठकमा छलफल भएको उनले बताएका छन्।

‘अहिलेको हाम्रो संविधानले एकैपटक तीनै तहको निर्वाचन गर्ने परिकल्पना गरेको छैन,’ यादवले भने, ‘संविधान, कानुनविद्सँग छलफल गरेर चुनावको मिति तोक्नेबारे एकदुई दिनमा निर्णय गर्ने समझदारी बनेको छ ।’

कानुन र संविधानमा अलग अलग व्यवस्था गरिएकोले अहिले समस्या आएको उनले बताए।

‘कानुन बनाउनेले त्यतिबेला संविधान पढेनन् कि,’ यादवले थपे, ‘अब क्रमैसँग जुनको पालो आएको छ, त्यसकै चुनाव गरेर अघि बढ्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .