ad ad

राजनीति


एमाले महासचिव पोखरेल भन्छन् : वैशाखमा स्थानीय निर्वाचन नगर्दा यी ९ असर पर्छन्

एमाले महासचिव पोखरेल भन्छन् : वैशाखमा स्थानीय निर्वाचन नगर्दा यी ९ असर पर्छन्

नेपालखबर
माघ ८, २०७८ शनिबार १२:५१, काठमाडौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी वैशाखमा स्थानीय तहको चुनाव नगर्दा मुलुकमा ९ किमिसका असर पर्ने दाबी गरेका छन्। 

सत्ता गठबन्धनका दलबीच तीनै तहका निर्वाचन एकैपटक आगामी मंसिरमा गर्नु उपयुक्त हुने निष्कर्षमा पुगेकाे खबर सार्वजनिक भएका बेला एमाले महासचिव पोखरेलले वैशाखमा स्थानीय तहको निर्वाचन नगर्दा के के असर पर्छ भन्ने विश्लेषण सार्वजनिक गरेका हुन्। 

एमाले महासचिव पोखरेलले शनिबार सार्वजनिक गरेको धारणा यस्तो छ

वैशाखमा स्थानीय चुनाव नगर्दाका असरहरु 
–असार १० मा स्थानीय तहको बजेट प्रस्तुत गर्न र पारित गर्न नसकिने।

–आर्थिक वर्ष सकिएपछि गाउँसभा र नगरसभाको अनुमती बिनासञ्चित कोषबाट रकम खर्च गर्न नसकिने।

–स्थानीय संचितकोषबाट सुविधा पाउने शिक्षक कर्मचारीको तलब, भत्ता रोकिने।

–बहुर्षीय क्रमागत विकास आयोजनाका काम रोकिन जाने।

–संविधानतः ६/६ महिनामा बस्ने गाउँ तथा नगरसभा बस्न नसक्ने। कुनै पनि नयाँ  विकास निर्माण र सेवा प्रवाहका काम गर्न नपाइने।

–स्थानीय तहबाटहुने सेवा प्रवाहमा जहाँ गाउँ तथा नगरसभा, वडाध्यक्ष र कार्यपालिका प्रमुखको निर्णयबाट हुने सबै काम अवरुद्ध हुने।

–स्थानिय निकायको निर्वाचन नहुँदा जिल्ला समन्वय समिति, राष्ट्रपति र उपराष्ट्रपतिका साथै राष्ट्रिय सभाको निर्वाचन समेत प्रभावित हुने।

–नेपाली विशेषताको संघीयताको मूल मर्ममाथि प्रहार हुने। पुनः केन्द्रीकृत अभ्यासतर्फ मुलुक फर्कने।

–सार्वभौम संसदले बनाएको कानुनको उल्लंघन हुने।

याे पनि सत्ता गठबन्धनको निष्कर्ष : तीनै तहको निर्वाचन एकै पटक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .