ad ad

राजनीति


ओलीको वक्तव्य : अर्थतन्त्रका सबै सूचकले गम्भीर अनिष्टको संकेत गरे

ओलीको वक्तव्य : अर्थतन्त्रका सबै सूचकले गम्भीर अनिष्टको संकेत गरे

फाइल तस्बिर


नेपालखबर
माघ ९, २०७८ आइतबार १२:५३, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा एमालेले अर्थतन्त्रका सबै सूचकहरुले गम्भीर अनिष्टको संकेत गरेको जनाएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतवार आठ पृष्ट लामो प्रेस वक्तव्य जारी गर्दै मुलुक आर्थिक संकटतिर उन्मुख भएको उल्लेख गरेका छन्। 

पूर्व प्रधानमन्त्री ओलीले आफ्नो सरकारले ल्याएको लोकप्रिय बजेटलाई विस्थापन गरी ल्याएको बजेटले विकासको गति ठप्प भएको आरोप लगाएका छन्। 

उपभोक्ता मुद्रास्फीति अर्थात महँगी ६ वर्षयताकै उच्च बिन्दु ७.११ प्रतिशतले पुगेको पनि ओलीले उल्लेख गरेका छन्। 

‘गतवर्षको पहिलो पाँच महिनामा यस्तो मुद्रास्फीति २.९३ प्रतिशत रहेको थियो,’ ओलीले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘यतिखेर प्रत्येक व्यक्तिको दैनिकी महँगिएको छ। घ्यू, तेल, दाल तथा गेडागुडी र पेट्रोलियम पदार्थको मूल्य आकासिएको छ।’

यहि अवधिमा दुई वर्षअघि तरकारीको मूल्य १५ देखि ४० प्रतिशतसम्मले घटेको पनि ओलीले गठबन्धन सरकारलाई सम्झाएका छन्। 

त्यस्तै सरकारले लिएको गलत नीतिकै कारण निर्माण सामाग्रीको थोक मूल्य १९.३४ प्रतिशतले बढ्दा सार्वजनिक पूर्वधारको लागत बढेको पनि एमालेले जिकिर गरेको छ।

सरकारको गलत नीतिले उच्च आयात हुँदा विदेशी मुद्राको सञ्चिति निरन्तर घट्दै गएको पनि उनले टिप्पणी गरेका छन्। 

उच्च आयातका कारण विदेशी मुद्राको सञ्चिति निरन्तर घट्दै गएको बताउँदै २०७५ असार मसान्तमा करिब १०.८ महिनाको वस्तु र सेवाको आयात धान्न सक्ने रहेकोमा अहिले ६.८ महिनाको वस्तु मात्रै धान्ने अवस्थामा रहेको उल्लेख गरेको छ। 

वर्तमान सरकार गठन भएपछिको मुद्राको सञ्चितिले ६.८ महिनाको वस्तु र सेवा आयात मात्र धान्न सक्ने अवस्थामा रहेको उल्लेख गरेको छ। 

वर्तमान सरकार गठन भएको पहिलो ५ महिनामा चालु खाता घाटा गतवर्षको यहि अवधीमा २३ अर्बको तुलनामा ३ खर्ब ६९ करोड रुपैयाँ पुगेको जनाएको छ। 

कोभिड १९ माहामारीको बीचमा गतवर्षको पहिलो पाँच महिनामा ११ प्रतिशतले विप्रेषण अर्थात रेमिट्यान्स बढेकोमा अहिले ६.८ प्रतिशतले घटेको जनाएको छ। 
 
‘विश्व अर्थव्यवस्थामा सुधार हुँदै गएको अवस्थामा नियमित रुपमा आप्रवाह हुने विप्रेषण आया घट्नुले अनाधिकृत आर्थिक गतिविधि विस्तार र हुन्डी लगायत कारोबार बढेको देखिन्छ,’ वक्तव्यमा उल्लेख छ, ‘सुन तस्करीका घटनामा भएको वृद्धिले यस तथ्यलाई पुष्टि गर्छ।’

ओलीले सुपारी, मरिच, केराउ, छोकडा लगायतका वस्तुहरुको आयातलाई संकास्पद ढंगले वृद्धि गरिएको आरोप लगाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .