राजनीति


तीनै तहको निर्वाचन एकैपटक सम्भव छ : पूर्वमहान्यायाधिवक्ता प्रधान

तीनै तहको निर्वाचन एकैपटक सम्भव छ : पूर्वमहान्यायाधिवक्ता प्रधान

नेपालखबर
माघ ९, २०७८ आइतबार १६:७, काठमाडौँ

पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधानले सबै तहको निर्वाचन एकैचोटी गर्न सम्भव रहेको बताएका छन्। 

राजधानीमा आइतबार आयोजित एक अन्तरक्रिया कार्यक्रममा उनले तीनै तहका निर्वाचन एकैपटक गर्ने विषयमा सकारात्मक रुपमा छलफल गर्नुपर्ने बताए।

तीनै तहको निर्वाचनलाई सँगै गर्ने भन्ने विषयमा कोही पनि आतंकित हुन नहुने उनले बताए।

पूर्वमहान्यायाधिवक्ता प्रधानले भने, ‘जहाँसम्म तीनै तहको निर्वाचन एकैचोटी गर्नुपर्छ भन्ने जुन मत हो त्यसमा छलफल गर्न सकिन्छ। त्यसमा सकारात्मक ढंगले छलफल गर्नुपर्छ। तीनै तहको निर्वाचन एकैचोटी हुनुपर्छ भन्ने कुनै अमुक राजनीतिक पार्टी, नेता, अथवा कुनै समूहले भन्ने वित्तिकै आतंकित हुनुपर्ने मानसिकता हामिले देखिराख्यौ छौँ । यस्तो हुनुहुँदैन भन्ने मलाई लाग्छ।’

आगामी निर्वाचन स्वच्छ, निर्भिक, स्वतन्त्र र बिना खर्च सम्पन्न हुनेगरी छलफल केन्द्रित गर्नुपर्ने उनको भनाई छ। उनले चुनाव स्वच्छ, निर्भिक, स्वतन्त्र र सुलभ हुनुपर्छ भन्ने विषयमा बहस केन्द्रित गर्न आग्रह गरे।

‘अबको निर्वाचन कसरी मितव्ययी हुनसक्छ, कसरी स्वतन्त्र, बिना खर्च, सहज, सरल र प्रभावकारी निर्वाचन गर्ने भन्ने विषयमा हामीले छलफल गर्ने क्रममा ऐन बाधक छ कि, संविधान बाधक छ कि, अग्रगामी कसरी हुनसक्छ, सबै निर्वाचन प्रणालीको हकमा हामीले छलफल गर्नुपर्छ’ प्रधानले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .