ad ad

राजनीति


अध्यक्ष ओलीलाई मात्र कोरोना संक्रमण भएको हो, उहाँकी पत्नीलाई होइन : विष्णु रिजाल

अध्यक्ष ओलीलाई मात्र कोरोना संक्रमण भएको हो, उहाँकी पत्नीलाई होइन : विष्णु रिजाल

फाइल तस्बिर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली।


नेपालखबर
माघ ९, २०७८ आइतबार १६:२, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मात्र कोरोना संक्रमण भएको उनकी पत्नी राधिका शाक्यलाई नभएको पार्टीका केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताएका छन्। 

सञ्चारमाध्यममा ओली दम्पतीलाई नै कोरोना संक्रमण भएको भन्ने खबर आएपछि रिजालले आइतबार अपराह्न खण्डन गरेका हुन्।​विष्णु रिजाल‘हाम्रो पार्टीका अध्यक्ष कमरेड केपी शर्मा ओली कोभिड संक्रमित हुनुभएकोमा शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं’, उनले भनेका छन्, ‘साथै, श्रीमती राधिका शाक्यलाई कोभिड संक्रमण नभएकाले अनुमानका आधारमा सूचना सम्प्रेषण नगर्न सबैमा अनुरोध गर्दछौं।’

प्रचार विभाग उपप्रमुख रिजालका अनुसार हाल ओलीको अवस्था सामान्य छ भने उनी घरमै आराम गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .