राजनीति


सत्ता गठबन्धनलाई कानुनविदले भने : पहिले संविधानसँग बाझिएका कानुन संशोधन गर्नू

सत्ता गठबन्धनलाई कानुनविदले भने : पहिले संविधानसँग बाझिएका कानुन संशोधन गर्नू

फाइल तस्बिर


नेपालखबर
माघ ९ , काठमाडौँ

स्थानीय तह निर्वाचनलाई कम्तीमा ६ महिना धकेल्ने योजनामा रहेका सत्तारुढ पाँच दलीय गठबन्धन र कानुन व्यवसायीबीचको छलफल सकिएको छ। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा कानुनविद्हरुले सबैभन्दा पहिले संविधानसँग बाझिएका कानुन संशोधन गर्न सुझाएका हुन्। 

बैठकपछि बालुवाटारमा सञ्चारकर्मीसँग बोल्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कानुनविद्हरुले संविधानसँग बाझिएका कुरा संशोधन गर्न सुझाएको जानकारी दिएका छन्।

‘स्थानीय तह निर्वाचन ऐन, ०७३ को दफा ३ र संविधानको धारा २२५ मा उल्लेखित स्थानीय तहसम्बन्धी व्यवस्था बाझिएका छन्', कानुनविद्का सुझावबारे जानकारी दिँदै कार्कीले भने, 'संविधानको धारा १ बमोजिम संविधानसँग बाझिएका भए त्यो हदसम्मका कानुनी व्यवस्था अमान्य हुन्छन्। कानुनविद्हरुबाट त्यही बमोजिम कानुन संशोधन गर्ने सुझाव आएको छ।'

सञ्चार मन्त्री कार्कीले पाँच दलीय गठबन्धन सरकार संविधानको भावना अनुसार निर्वाचन गर्न तयार रहेको बताएका छन्। 

‘हामी यो संविधानको भावना र स्प्रिट अनुसार चल्छौँ। संविधानको भावना अनुसार काम गर्छौँ, त्यसमा तपाईंहरु ढुक्क भए हुन्छ', उनले भने, ‘संविधानको व्यवस्था अनुसार सरकारले निर्वाचन गर्छ। संघीय, प्रदेश र स्थानीय तीनै निर्वाचन संविधानअनुसार नै गर्न हामी तयार छौँ।' 

बालुवाटारमा भएको छलफलमा प्रमुख सत्तारुढ कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', अर्को सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल सहभागी थिए।

त्यस्तै बैठकमा सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पनि उपस्थित थिए। 

भिडिओ
 

माघ ९, २०७८, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad