ad ad

राजनीति


स्थानीय निर्वाचन २०७९ चैतसम्म गर्दा केही फरक पर्दैन : माधव नेपाल

स्थानीय निर्वाचन २०७९ चैतसम्म गर्दा केही फरक पर्दैन : माधव नेपाल

फाइल तस्बिर


नेपालखबर
माघ ११, २०७८ मंगलबार १५:२८, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको चुनाव आगामी २०७९ चैतसम्म गर्दा पनि फरक नपर्ने बताएका छन्। 

रामेछापबाट विभिन्न दलका कार्यकर्तालाई पार्टी प्रवेश गराउने क्रममा मंगलबार काठमाडौंमा बोल्दै उनले यस्तो भनेका हुन्। 

'२०७४ सालमा पहिलो चरणको स्थानीय चुनाव वैशाख ३१ मा भएको थियो। दोस्रो चरणको चुनाव असरा १४ मा भएको हो। तेस्रो चरणको चुनावमा असोज २ मा भएर 
अन्तिम परिणाम असोज ७ मा आएको हो', उनले भने, 'संविधानमा पनि गाउँ सभा र नगरसभाको चुनाव सकिएको छ महिना भित्र निर्वाचन गर्ने भनेको छ। असोजमा कार्यकाल सकिने भएकाले स्थानीय तहको चुनावमा २०७९ को चैतसम्म चुनाव हुनुपर्छ।'

तर अध्यक्ष नेपालले त्यही कार्यक्रममा आगामी असोज, कात्तिक या मंसिरमा तीनै तहको चुनाव हुने पनि जिकिर गरे। 

'यी सबै सन्दर्भमा पाँचवटा दल मिलेर हामी चुनाव गराउँछौँ', उनले भने, 'असोज, कात्तिक र मंसिरमा प्रदेश, केन्द्र र स्थानीय चुनावमा जाने छौँ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .