ad ad

राजनीति


मेयर सवार गाडीमाथि खनिए जनमतका कार्यकर्ता, तीनजना घाइते

विरोध प्रदर्शनले जनकपुरको मतदानस्थल तनावग्रस्त
मेयर सवार गाडीमाथि खनिए जनमतका कार्यकर्ता, तीनजना घाइते

जनमतका कार्यकर्ताले तोडफोड गरेको मेयर-उपमेयर सवार गाडी


शैलेन्द्र महतो
माघ १२, २०७८ बुधबार ११:५८, जनकपुरधाम

मधेश प्रदेशको राजधानी जनकपुरधाममा डा. सीके राउत नेतृत्वको  जनमत पार्टीका नेता-कार्यकर्ताहरूले सरकारी गाडीमा तोडफोड गरेका छन्। 

सर्लाहीको हरिवन नगरपालिकाका मेयर गणेश प्रसाई सवार सरकारी गाडीमाथि उनीहरुले जनकपुरमा तोडफोड गरेका हुन्। तोडफोडका क्रममा मेयरसहित तीनजना घाइते भएका छन्

गाडीमा मेयर गणेश प्रसाईं र उपमेयर रेणुका पौडेल सवार थिए। 

राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्न मतदानस्थल जाने क्रममा जनमतका कार्यकर्ताले जनकपुरधाम उपमहानगरपालिका-४ मा गाडी तोडफोड गरेका हुन्। 

जनमतका कार्यकर्ताको प्रदर्शनले राष्ट्रियसभा मतदान स्थल महेन्द्रनारायण निधि प्रतिष्ठान वरपरको अवस्था तनावग्रस्त बनेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .