ad ad

राजनीति


राष्ट्रियसभा निर्वाचन प्रदेश १ : ८९ प्रदेश सांसद र २६० स्थानीय जनप्रतिनिधिले गरे मतदान

राष्ट्रियसभा निर्वाचन प्रदेश १ : ८९ प्रदेश सांसद र २६० स्थानीय जनप्रतिनिधिले गरे मतदान

मतदानस्थलको दृश्य


कृष्ण बहाब
माघ १२, २०७८ बुधबार १३:५८, काठमाडौँ

प्रदेश १ मा तीन पदका लागि राष्ट्रियसभाको जारी निर्वाचनमा ८९ जना प्रदेश सांसद र स्थानीय तहका २६० जना जनप्रतिनिधिले मतदान गरेका छन्। 

निर्वाचन कार्यालयका प्रमुख लेवन अधिकारीका अनुसार ३ जना प्रदेश सांसद र १२ जना स्थानीय तहका जनप्रतिनिधिले मतदान गर्न बाँकी छ ।

आज बिहान ९ बजेदेखि सुरु भएको मतदान ३ बजेसम्म हुनेछ। प्रदेशसभा सदस्यहरुको लागि विराटनगरस्थित बाली संरक्षण प्रयोगशाला र स्थानीय तहका प्रमुख उपप्रमुखहरुको लागि प्रदेश निर्वाचन कार्यालयमा मतदानस्थल तोकिएको छ।

प्रदेशमा तीन पदका लागि हुनलागेको राष्ट्रियसभा सदस्यको निर्वाचनमा आठ जना चुनावी मैदानमा छन्।

सत्तारूढ गठबन्धन, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार प्रतिस्पर्धामा छन्। 

सत्तारूढ गठबन्धनबाट खुलातर्फ नेपाली कांग्रेसका झापाका गोपाल बस्नेत, महिलातर्फ नेकपा एकीकृत समाजवादीबाट भोजपुरकी जयन्ती राई र अल्पसंख्यक वा अपाङ्ग कोटामा जनता समाजवादी पार्टीका भोजपुरका हेमराज राई चुनावी मैदानमा छन्।

यस्तै नेकपा एमालेका तर्फबाट खुल्लातर्फ मोरङका गुरू बराल, महिलातर्फ झापाकी सुमित्रा भण्डारी र अल्पसंख्यक कोटामा सोलुखुम्बुका सोनाम ग्याल्जेन शेर्पा रहेका छन्। 

यस्तै राप्रपाको तर्फबाट झापाका अमर विष्टले खुल्ला र रञ्जु प्याकुरेलले महिलातर्फ उम्मेदवारी छ। राप्रपाले अपाङ्गता तथा अल्पसंख्यकतर्फ भने उम्मेदवारी दिएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .