राजनीति


कांग्रेसको सम्पादन समितिमा मनोनीत २४ मध्ये इतरबाट चार जनामात्रै

कांग्रेसको सम्पादन समितिमा मनोनीत २४ मध्ये इतरबाट चार जनामात्रै

नेपालखबर
माघ १४, २०७८ शुक्रबार १६:३८, काठमाडौँ

नेपाली कांग्रेसले ३७ सदस्यीय केन्द्रीय कार्य सम्पादन समिति गठन प्रस्ताव गरेको छ। 

शुक्रबार दिउँसो भर्चुअल माध्यमबाट बसेको केन्द्रीय कार्य समिति बैठकले ३७ सदस्यीय कार्य सम्पादन समिति बनाउँदा मनोनीत २४ जनामा चारजना मात्रै डा. शेखर कोइराला समूहका परेका हुन्। 

सभापति शेरबहादुर देउवाको तर्फबाट महामन्त्री गगनकुमार थापाले प्रस्ताव गरेको उक्त सूचीमा इतर समूहबाट अर्जुननरसिंह केसी, डा. रामशरण महत, डा. शेखर कोइराला र बलबहादुर केसी मात्रै परेका हुन्। 

तर संस्थापनबाट भने देउवाले २० जनालाई केन्द्रीय कार्य सम्पादन समितिमा समेटेका छन्। 

संस्थापनबाट रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. शशांक कोइराला,  डा. प्रकाशशरण महत, गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, चित्रलेखा यादव, सुनिलबहादुर थापा, बालकुष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, रमेश रिजाल, डा. नारायण खड्का, जिपछिरिङ लामा, एनपी साउद, सुजाता कोइराला, जीवनबहादुर शाही र आनन्द ढुंगाना समितिमा परेका हुन्। 

नेपाली कांग्रेसको विधानको धारा २३ (१) अनुसार चौधौं महाधिवेशनबाट निर्वाचित १३ पदाधिकारी सम्पादन समितिमा स्वत: पदेन सदस्य भएका छन्। 

धारा २३ (२) बमोजिम सभापतिले केन्द्रीय सदस्यमध्येबाट सभापतिले ३१ जनाको नाम प्रस्ताव गर्नुपर्ने थियो। तर २४ जनाको मात्रै नाम प्रस्ताव गरिएको हो। समितिमा देउवाले आफूसँग पराजित डा. शेखर कोइरालालाई पनि समेटेका हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad