ad ad

राजनीति


मधेस प्रदेश सरकारमा एकीकृत समाजवादीबाट राज्यमन्त्री थपिए

मधेस प्रदेश सरकारमा एकीकृत समाजवादीबाट राज्यमन्त्री थपिए

नवनियुक्त राज्यमन्त्री नागेन्द्र राय यादवलाई शपथ खुवाइँदै।


शैलेन्द्र महतो
माघ २३, २०७८ आइतबार १०:३०, जनकपुरधाम

मधेस प्रदेश सरकारमा आज (आइतबार)  उद्योग वन पर्यटन तथा वातावरण राज्यमन्त्री नियुक्त गरिएको छ। 

नेकपा एकीकृत समाजवादीबाट नागेन्द्र राय यादवलाई राज्यमन्त्रीमा नियुक्त गरिएको हो। 

प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा मुख्यमन्त्री लालबाबु राउतले नवनियुक्त राज्यमन्त्री यादवलाई बिहान पदकाे शपथ खुवाएका छन्।

राज्यमन्त्री बनेका यादव राैतहटका हुन्।

नवनियुक्त राज्यमन्त्री नागेन्द्र राय यादव।

यसअघि गत मंसिर ५ गते नेकपा एकीकृत समाजवादीबाटै उद्योग वन पर्यटन तथा वातावरण मन्त्रीमा शत्रुधन महतो र प्रदेश मामिला तथा कानुनमन्त्रीमा प्रमोद यादव मधेस सरकारमा सहभागी भइसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .