राजनीति


मन्त्रालय फुटाएर प्रदेश १ मा जम्बो मन्त्रिपरिषद्, यी हुन् १४ जना मन्त्री

मन्त्रालय फुटाएर प्रदेश १ मा जम्बो मन्त्रिपरिषद्, यी हुन् १४ जना मन्त्री

फाइल तस्बिर


नेपालखबर
माघ २३, २०७८ आइतबार १३:२४, काठमाडौँ

प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले आइतबार मन्त्रिपरिषद विस्तार गरेका छन्। मन्त्रालय फुटाएर ७ बाट १३ मन्त्रालय बनाउँदै १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन्। 

इन्द्रबहादुर आङ्बोले आर्थिक मामिला तथा योजना मन्त्रालय, हिमाल कार्कीले सडक पूर्वाधार तथा शहरी विकास, केदार कार्की आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारी पाएका छन्। 

यस्तै जयराम यादव स्वास्थ्य मन्त्री, रामकुमार राई खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री, राजन राई सामाजिक विकास मन्त्री, खिनु तङवा लिम्बु पर्यटन तथा संस्कृति, झलकबहादुरमगर, शेखरचन्द्र थापा वन, वातावरण तथा भूसंरक्षण र ओमप्रकाश सरावागी उद्योग, श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी पाएका छन्। 

यस्तै प्रताप प्रकाश हाङगाम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, उपेन्द्रप्रसाद घिमिरेलाई यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ। विष्णु तुम्बाहाम्फे सामाजिक विकास राज्यमन्त्री नियुक्त भएका छन्।

यसअघि कात्तिक १६ गते ६ सदस्यीय मन्त्री परिषद् गठन भएको थियो। मुख्यमन्त्री राई सँगै इन्द्रबहादुर आङ्बो, हिमाल कार्की, केदार कार्की, जयराम यादव मन्त्री थिए।

विष्णु तुम्बाहाम्फे राज्यमन्त्रीमा यथावत रहँदा यादवको मन्त्रालय हेरफेर गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .