नेकपा एमालेको केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्तावले मुलुकलाई थप द्वन्द्वतिर धकेलेको बताएका छन्।
सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदको हस्ताक्षरमा आज प्रधानन्यायाधीश जबराविरुद्ध संघीय संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गराइएकाे हाे।
यसमा टिप्पणी गर्दै एमाले नेता रिजालले यो स्थानीय चुनाव नगराउने षड्यन्त्र सुरु भएको आरोप लगाएका छन्।
‘प्रधानन्यायाधीशमाथिको महाभियोग प्रस्तावले मुलुकलाई थप द्वन्द्वतिर धकेलेको छ। यसबाट न्यायालय कब्जा गरी आफू अनुकूलका फैसला गराउने प्रपञ्च प्रकट भएको छ। स्थानीय चुनाव नगराउने षड्यन्त्र सुरु भएको छ’, नेता रिजालले भनेका छन्, ‘प्रतिपक्षसँग बन्न लागेको सम्बन्धलाई बिगारेको छ। सत्तापक्षले महाभियोगको सिलसिला आरम्भ गरेको छ, जसको असर तुरुन्तै देखा पर्नेछ।’
Shares

प्रतिक्रिया