राष्ट्रिय प्रजान्त पार्टी (राप्रपा)निकट पत्रकार संगठन मिडिया नेपालको १ नम्बर प्रदेश कमिटी घोषणा गरिएको छ। सुनसरीको इटहरीमा आयोजित ‘मिडिया नेपाल प्रदेश नम्बर १ कमिटी घोषणा सभामा विजयकुमार राउतको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति घोषणा गरिएको हो।
सुनसरीका राउत सदाबहार मिडिया प्रालिका अध्यक्ष एवं एकता खबर दैनिक पत्रिकाका सम्पादक हुन्। मिडिया नेपाल प्रदेश १ उपाध्यक्षमा मोरङको समकालीन साप्ताहिकका सम्पादक मधुसुदन ज्ञवाली चयन भएका छन्।
यसैगरी सचिवमा मोेरङकै दीपक सुवेदी, सहसचिवमा ताप्लेजुङका सोनाम थापा चुनिएका छन्। सदस्यहरुमा पाँचथरका रमेश थापा, इलामका तारानाथ पौडेल (अविरल) संखुवासभाका कविर लिम्बु, मोरङका सुरेश मिश्र, इलामकी सलिना लमिछाने, उदयपुरका रमेश पौडेल, खोटाङका खेमराज सापकोटा छानिएका छन्।
यसैगरी खोटाङका शिव बस्नेत, झापाका शान नेपाल, मोरङका ज्ञानेन्द्र दाहाल र धनकुटाका जीवन फुयाल सदस्यमा चयन भएका छन्। घोषणा सभामा प्रमुख अतिथि राप्रपाका प्रदेश १ अध्यक्ष राम थापाले मिडिया नेपाल पत्रकारहरुको संगठन भएकाले देश र समाजको पक्षमा कलम चलाउन नवगठित कमिटीलाई सुझाव दिए।

प्रतिक्रिया