खेल


विश्वकप छनोट: कुवेतविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा, भरतको पुनरागमन

विश्वकप छनोट: कुवेतविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा, भरतको पुनरागमन

नेपालखबर
कात्तिक २९, २०७६ शुक्रबार ९:२९,

सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरण र एएफसी एसियन छनोटको अन्तर्गत कुवेतसँगको होम खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार कुवेतसँग खेल्ने २३ सदस्सीय नेपाली टिमको घोषणा गरेको हो।

दशरथ रंगशाला तयार नभएपछि नेपालले मंसिर ३ गते कुवेतविरुद्ध तटस्थ भूमि भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा खेल्दैछ। यसअघि आर्मीको विशेष प्रशिक्षणका कारण टोलीमा नरहेका फरवार्ड भरत खवास टोलीमा फर्किएका छन्।

नेपाली टोलीको गोलकिपरमा किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ तथा डिफेन्डरमा सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्याल छन्। यस्तै मिडफिल्डरमा रोहित चन्द, सुनिल बल, रवी पासवान, अन्जन बिष्ट, सुजल श्रेष्ठ, बिक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ र मिक्छेन तामाङ तथा फरवार्डमा भरत खवास, विमल घर्ति मगर, अविशेक रिजाल, नवयुग श्रेष्ठ छन्। नेपालले छनोटको सबै चार अवे खेल खेलिसकेको छ।

नेपालको ४ खेलबाट ३ अंक छ। समूह बी मा रहेको नेपाल समूहको चौंथो स्थानमा छ। यसअघि कुवेतसँग भएको खेलमा नेपाल ७–० ले पराजित भएको थियो। लगत्तै दोस्रो खेलमा नेपालले चाइनिज ताइपेलाई २-० गोल अन्तरले पराजित गरेको थियो। त्यसमा दुवै खेल अन्जन विष्टले गरेका थिए। यस्तै तेस्रो खेलमा अष्ट्रेलियासँग ५–० ले पराजित भएको नेपाल अन्तिम अवे खेलमा जोर्डनसँग ३–० ले पराजित भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad