समाज


रुप ज्योति रिहा, फाइल उच्च सरकारी वकिल कार्यालय पठाइयाे

रुप ज्योति रिहा, फाइल उच्च सरकारी वकिल कार्यालय पठाइयाे

नेपालखबर
कात्तिक २९, २०७६ शुक्रबार ९:३६,

ठगी अभियोगमा पक्राउ परेका पूर्व राज्यमन्त्री एवं चर्चित व्यवसायी डा. रुप ज्योति रिहा भएका छन्। उनी शुक्रबार अपरान्ह महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट रिहा भएका हुन्। 

ज्याेतिमाथि ठगि मुद्दासमेत नचल्ने भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडाैंकाे याे निर्णयसँगै घटनामा पक्राउ परेका सबै रिहा हुने भएका छन्।

जिल्ला सरकारी वकिल कार्यालयका प्रवक्ता नुमराज खनालले ज्योतिमाथि ठगिमा मुद्दा नचल्ने बताए। उनीविरुद्ध मुद्धा नचल्ने देखिएको भन्दै सरकारी वकिल कार्यालयले पक्राउ परेका सबैलाइ रिहा गर्न महानगरीय प्रहरी परिसर काठमाडौंलाई पत्रचार गरेको छ। 'फाइल उच्च सरकारी वकिल कार्यालय पाटन पठाएका छाैं' उनले भने, 'अब मुद्दा चल्ने नचल्ने निर्णय महान्यायाधिवक्ताकाे कार्यालयले गर्नेछ।'

यसअघि उनको अनुसन्धान फाइल प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको थियो। अनुसन्धानपछि बुझाएको फाइल सरकारी वकिल कार्यालयले अनुसन्धान नपुगेको  र ठगीमा मुद्दा चलाउन प्रमाण नपुग्नै भन्दै बिहीवार प्रहरीलाई नै फिर्ता पठाएको थियो।

एक करोड २६ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीमा जाहेरी परेपछि कातिक २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै ज्योति पक्राउ परेका थिए। छोरी सुरुचि  पनि रुपज्योतिसँगै रिहा भएकी छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad